असार २९, २०८२ आइतबार July 13, 2025

पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिष्प्रर्धा गर्दिनःपेलोसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्र्याटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छिन् ।

“यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नु भन्दा मेरो लागि कुनै ठूलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहनेछु,“ पेलोसीले भनिन् ।

‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छिन् । सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा  सभामुखको रुपमा आफ्नो कार्यकालय चार वर्षमा सीमित गरेकी थिइन् ।

मध्यावधि निर्वाचनपछि डेमोक्र्र्याट्सले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई  सभामुखको रुपमा मनोनयन गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार