श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा गौतम मनोनित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : टेबलटेनिस वरिष्ठ  प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको उपाध्यक्षमा मनोनित भएका छन् ।

गौतमलाई थाइल्यान्डको बैंककमा भएको युनियनको विशेष साधारणसभाले उपाध्यक्षमा मनोनित गरेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाएका छन् ।

सो सधारणसभामा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य सहभागी भएका थिए । गौतमको कार्यकाल भने सेप्टेम्बरदेखि मात्र लागू हुने प्रथम उपाध्यक्ष बज्राचार्यले जानकारी गराए । गौतम दक्षिण एसियाली टेबलटेनिस महासंघका महासचिव पनि हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया