मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इंग्ल्यान्डविरुद्ध अस्ट्रेलियालाई शृंखला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इ‌ंल्यान्डमाथि ७२ रनको सहज जित निकाल्दै अस्ट्रेलियाले शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।

सिड्नी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मिचल स्टार्क र एडम जाम्पाले समान चार विकेट लिएपछि अस्ट्रेलियाले एक खेल अघि नै शृंखला हात पारेको हो । बिहीबार पहिलो खेल अस्ट्रेलियाले ६ विकेटले जितेको थियो । अन्तिम खेल मंगलबार मेलबर्नमा हुनेछ ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ३५.५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८रन बनाएको थियो । इंग्ल्यान्डका विकेटकिपर–ब्याटर साम बिलिङ्सले ८० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ७१ रनको इनिङ खेले । यसैगरी जेम्स भिन्स ७२ बलमा तीन चौका र दुई छक्कासहित ६० रन बनाएर पेवेलियन फर्किँदा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि अस्ट्रेलियाका लागि ११४ बल सामना गरेका स्मिथले पाँच चौका र एक छक्कासहित ९४ रन बनाएका थिए ।

आदिल राशिदको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुके । यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा चार चौका र एक छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

अस्ट्रेलियाका लागि ५९ बल सामना गरेका मिचेल मार्स दुई चौका र दुई छक्कासहित अर्धशतक बनाएर पवेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

इंग्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले दुईरदुई विकेट लिए । मोइन अलीले पनि एक विकेटमा नाम लेखाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार