असार २८, २०८२ शनिबार July 12, 2025

अस्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गर्नुभएको हो । त्यस्तै सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अस्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका लागि अनुमति दिनेछ ।

नयाँ प्रावधानले एक दशकभन्दा लामो समय परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । शरणार्थीलाई तेस्रो देशमा यात्रा गर्न पनि सहज हुनेछ ।

अस्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्युजिल्यान्ड, क्यानडा र अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया