कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

लमजुङमा देव गुरुङभन्दा पृथ्वीसुब्बा ४ सय २१ मतले अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत लमजुङमा जारी मतगणनामा नेकपा एमालेको उम्मेदवारले अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा माआवादी केन्द्रका  उम्मेदवार देवप्रसाद गुरुङभन्दा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ ४ सय २१ मतले अघि रहनुभएको छ । ४ हजार ९०४ मतगणना हुँदा यति मतले निर्वतमान मुख्यमन्त्री गुरुङले सुरुवाती अग्रता लिनुभएको हो ।

मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार एमालेका गुरुङले २ हजार ५९८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनतर्फबाट माओवादीका उम्मेदवार गुरुङले २ हजार ८७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्म केसीले ६७ मत प्राप्त गर्नुभएको छ । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको छ ।

जिल्लामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको छ । प्रदेश ‘१’ मा एमालेका जमिन्द्रमान घलेले तीन सय ७० मत प्राप्त गर्दा गठबन्धनका कांग्रेसका उम्मेदवार डा टकराज गुरुङले पाँच सय ७१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश ‘२’ तर्फ एमालेका उम्मेदवार कृष्णप्रसाद अधिकारीले एक हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेलले सात सय २८ मत प्राप्त गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत रुपमा सम्पन्न
२०८३ कार्तिक ३०, सोमबार
एनपिएलको लिग चरण सम्पन्न : लुम्बिनी शीर्ष स्थानमा, सुदूरपश्चिम, काठमाण्डु र चितवन प्लेअफमा
२०८३ कार्तिक ३०, सोमबार
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण
२०८३ कार्तिक ३०, सोमबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ कार्तिक ३०, सोमबार
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ
२०८३ कार्तिक ३०, सोमबार
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
२०८३ कार्तिक ३०, सोमबार
बजारमा माग बढेपछि ‘थारू आलुखेती ’ विस्तार गर्दै किसान
२०८३ कार्तिक ३०, सोमबार