श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ ।

नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाई गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

शृंखलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्यान्डको सामना गर्नेछ । नेपाल २० खेलमा १७ अंकसहित छैटौँ स्थानमा छ भने नामिबिया २४ खेलमा २८ अंकसहित चौथो स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ ।

नेपालको टोलीः

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ठूलो परिमाणमा लागू औषधसहित दुई जना पक्राउ
२०८२ श्रावण २, शुक्रबार
साउथ अभिनेता विजय देवरकोंडा अस्पताल भर्ना
२०८२ श्रावण २, शुक्रबार
बाल सुधार गृह पर्साका चौकीदार गुप्ता ठगी आरोपमा पक्राउ
२०८२ श्रावण २, शुक्रबार
कर्णाली एसभिएसः कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित
२०८२ श्रावण २, शुक्रबार
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार