श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कतार विश्वकपः मेक्सिको र पोल्याण्डबीचको खेल बराबरीमा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।

कतारको दोहामा ९४७ रंगशालामा मंगलबार राति भएको दुईदेशबीचको खेल गोरहित बराबरीमा रोकियो । खेलको ५८ औँ मिनेटमा पोल्याण्डले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु पर्‍याे ।

यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया