कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउदै सीके राउत बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सप्तरीको क्षेत्र नम्बर २ बाट सीके राउत भारी मतले विजयी भएका छन् । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त राउत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

उनको यो जितसँगै पहिलोपटक संसद यात्रा तय भएको छ भने उपेन्द्र यादवको यात्रा रोकिएको छ । राउतले ३५ हजार ४२ मत ल्याउँदा पटकपटक सरकारमा गइसकेका यादवले जम्मा १६ हजार ९६९ मत मात्र ल्याए ।

यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुर रहेका छन् । उनले ७ हजार ३४७ मत ल्याएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया