श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकपमा स्पेनको सर्वाधिक ७ गोल, गाबीले रचे नयाँ कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।

समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनलाइै जित दिलाउन टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।

बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।

समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो । समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार