श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्व कप : उरुग्वे र दक्षिण काेरियाबीचकाे खेल गाेलरहित बराबरीसँगै अङ्क बाँडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएकाे तेस्राे खेलमा उरुग्वे र दक्षिण काेरियाले गाेलरहित बराबरी खेलेका छन् । एजुकेशन सिटी रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे अवसरलाई सदुपयाेग गर्न सकेनन् । दुवै टाेलीले गरेका केही प्रहार पाेस्ट नजिकैबाट बाहिरिन पुग्याे ।

यो विश्व कपमा अहिलेसम्म भएका १४ खेलमध्ये ४ वटा खेल गोलरहित बराबरीमा सकिएका छन् ।

याे बराबरीसँगै समूह ‘एच’ मा रहेका उरुग्वे र दक्षिण काेरियाले १/१ अङ्क बाँडेका छन् ।  दुवैले १-१ अंक जोडेका छन् । आजै यही समूहको अर्को खेलमा पोर्चुगल र घाना खेल्दैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया