असार २९, २०८२ आइतबार July 13, 2025

चीनमा फेरि फैलियो कोरोना, बेइजिङ सहितका शहरमा लकडाउन शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा फेरि कोरोनाको संक्रमण फैलदैं गएपछि केन्द्रीय शहर बेइजिङ सहितका क्षेत्रहरुमा लकडाउन गरिएको छ ।

केन्द्रीय स्वास्थ्य प्रशासनको निर्देशनमा स्थानीय प्रशासनहरुले कडा लकडाउनको बाध्यात्मक प्रावधान लागू गरेका छन् । मानिसहरुलाई उनीहरुकै घर र अपार्ट्मेन्टमा बस्न भनिएको छ । उनीहरुलाई खानेकुरा र औषधि खरीद बाहेकका अवस्थामा बाहिर निस्कन सख्त मनाही गरिएको छ ।

अत्यावश्यक काममा बाहिर निस्कनेका लागि पनि आफ्नो स्वास्थ्य स्थिति जाँच गराउन स्क्यान गर्नुपर्ने व्यवस्था गरिएको छ । केहि दिन अघि बेइजिङ स्थित एक कारखानाका मजदूरहरुले प्रहरीसँग झडप गरेपछि त्यहाँ थप कडाइ गरिएको छ ।

अनावश्यक हिंडडूल रोक्न आवासीय क्षेत्रहरु प्रवेश गर्ने प्रवेद्वारहरुमा बार हाल्न सुरु गरिएको छ । केहि दिन यता देखि लगातार बढिरहेको कोरोनाबाट छ जनाको मृत्यु भइसकेको छ भने साढे पाँच हजार बढी संक्रमित छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार