असार २९, २०८२ आइतबार July 13, 2025

इटालियन टापुमा पहिरोमा परी आठ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इटालीको इस्चिया टापुमा भारी वर्षाका कारण गएको पहिरोमा परी शनिबार कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

“इस्चियामा पहिरोमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ,”पूर्वाधार मन्त्री तथा उपप्रधानमन्त्री माटियो साल्भिनीले भन्नुभयो ।  यसअघि समाचारमा १३ जना हराइरहेको जानकारी प्राप्त भए पनि आधिकारिक पुष्टि भने भएको छैन ।

सानो शहर कासामिसिओला टर्मेमा बिहान सबेरै हिलोको छालले कम्तीमा एउटा घर पुरेको र केही सवारी साधनलाई बगाएर समुद्रसम्म पु¥याएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

एएनएसए समाचार संस्थाका अनुसार मृतकमध्ये एक नवजात शिशु पनि रहेको पुष्टि भएको छ ।

एउटा घर हिलोले पुरिएको र समुद्रमा पुगेको कारबाट दुई जनाको उद्धार गरिएको दमकल सेवाले जनाएको छ ।थप उद्धारका नजिकैको प्रमुख शहर नेपल्सबाट सहयोग पठाइए पनि मौसमका कारण टापुमा पुग्न कठिन भएको बताइएको छ ।

नागरिक सुरक्षा विभागले ट्वीटरमा भनेको छ, “हराइरहेकाको खोजी, उद्धार र जोखिममा परेका मानिसहरुलाई सहयोग गर्ने कार्य जारी छ । मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको छ ।”

स्थानीय अधिकारीहरूले इस्चियाका बासिन्दाहरूलाई उद्धार कार्यमा बाधा नपुगोस् भनेर घरभित्रै बस्न आग्रह गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार