असोज १७, २०८३ शनिबार October 3, 2026

चीनमा बनेका सर्भेलियन्स क्यामेरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्पनी ह्वावे र जेडटीईले बनाएको सञ्चार उपकरणको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

चीनका उपकरणहरू प्रयोग गर्नु देशको लागि घातक हुनसक्ने भन्दै अमेरकाले अन्य उपकरणसँगै चीन-निर्मित भिडिओ निगरानी प्रणालीहरूको (सर्भिलियन्स क्यामेरा) प्रयोगमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

चीनको उपकरणहरूले अमेरिकाको महत्वपूर्ण पूर्वाधारमा सुरक्षा जोखिम निम्त्याउने बहाना देखाउँदै अमेरिकाले चीनको उपकरण अमेरिकामा बिक्री गर्न प्रतिबन्ध गर्ने निर्णय लिएको हो । देशले पूर्ण रुपमा प्रतिबन्ध लगाउने विषयमा केही नबोले पनि निश्चित प्रविधि उत्पादनहरूको आयात वा बिक्रीमा रोक लगाउने बताइएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबाट सुरु भएको र राष्ट्रपति जो बाइडेनको प्रशासनमा जारी रहेको चिनियाँ प्रविधिमा अमेरिकी प्रतिबन्ध अझै पनि चलिरहेको छ ।

ह्वावे र जेडटीई सँगसँगै हाइकभिजन र डाउहाले निर्माण गरेको उपकरणहरू पनि प्रतिबन्ध गराउने अमेरिकाको तयारी छ । यी दुवै कम्पनीले सर्भेलियन्स क्यामेरा निर्माण गर्ने गर्छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार
‘सांस्कृतिक राजा’को अवधारणासहित माओवादीले राजासँग सहकार्य खोजेको थियो : कमल थापा
२०८३ असोज १७, शनिबार
एसियाली खेलकुद : श्रीलंकाले जित्यो क्रिकेटमा कास्य पदक
२०८३ असोज १७, शनिबार
विराटनगरमा पहिलो पटक फोटो–भिडियो एक्स्पो हुँदै
२०८३ असोज १७, शनिबार
प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ असोज १७, शनिबार
कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो
२०८३ असोज १७, शनिबार