असार २९, २०८२ आइतबार July 13, 2025

चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा कोभिड प्रतिबन्धविरुद्ध नयाँ विरोध प्रदर्शनहरु भएका छन् । विरोध प्रदर्शनबारे सार्वजनिक गरिएको एउटा भिडियोमा उरुम्चीका मानिसहरू प्रहरी अवरोध हटाउँदै तालबन्दी अन्त्य गर्न माग गरेका देखिन्छन् ।

उरुम्चीका अधिकारीहरूले अब प्रतिबन्धहरू हटाउने वाचा गरेका छन् । कोभिड प्रतिबन्धले मानिसहरूलाई बिहीबार अपार्टमेन्टमा लागेको आगोबाट भाग्न रोकेको प्रदर्शनकारीहरुले बताएका छन् । तर, अधिकारीहरुले भने यसलाई अस्वीकार गरेका छन् । आगो निभाउने प्रयास कोभिड प्रतिबन्धहरूले अवरोध गरेको अनलाइन पोष्टहरूले सुझाव दिएका छन् ।

सार्वजनिक भिडियोमा मास्क लगाएका सर्वसाधारण मानिसहरु अध्यारोमा सरकाविरुद्ध नाराबाजी गरेका देखिन्छन् ।  पश्चिमी सिन्जियाङ क्षेत्रको राजधानी सहरमा अगस्टको शुरुदेखि नै प्रतिबन्धहरू लगाइएको छ ।

आगलागीबाट प्रभावित कम्पाउण्डमा बसोबास गर्ने मानिसहरूलाई घरबाहिर निस्कन धेरै हदसम्म रोकिएको घटनापछि एक जना बासिन्दाले गुनासो गरेको बीबीसीले जनाएको छ ।

यसैबीच, उरुम्चीका अधिकारीहरूले एक असामान्य माफी मागेका छन् ।  आफ्नो कर्तव्य ननिभाउने जो कोहीलाई सजाय दिने उनीहरुले वाचा गरेका छन् । एजेन्सी


युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राडा श्रेष्ठका ‘अकथ्यको प्रतिध्वनि’ र ‘आफूलाई भुलाई’ सार्वजनिकीकरण
२०८२ असार २९, आइतबार
युरो कप फुटबल: स्विडेन समूह ‘सी’ विजेता बन्दै नकआउट चरणमा प्रवेश
२०८२ असार २९, आइतबार
भारत-इङ्ग्ल्याण्ड तेस्रो टेष्टको पहिलो पारी रोमाञ्चक रूपमा टाई
२०८२ असार २९, आइतबार
मेसीको दुई गोलमा इन्टर मियामीको रोमाञ्चक जीत
२०८२ असार २९, आइतबार
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार