असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानद्वारा विधानसभा छोड्ने घोषणा, आन्दोलन तत्कालका लागि फिर्ता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीले देशको क्षेत्रीय र बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको छ ।

विश्व प्रसिद्ध पूर्व क्रिकेट खेलाडीबाट पाकिस्तानी राजनीतिमा आएका खान संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि गत अप्रिलमा पदच्युत हुनुभएको थियो ।

उहाँको दल अहिले प्रतिपक्षमा छ । उहाँले विदेशी शक्तिको सहयोगमा प्रधानमन्त्री शाहबाज सरिफले आफूलाई पदच्युत गर्नु गैरकानुनी र योजनाबद्ध भएको दाबी गर्दै मध्यावधी निर्वाचनको माग गर्दै आउनुभएको छ ।

यद्यपि खानले विदेशी शक्ति भनेर सङ्केत गरेको अमेरिका र वर्तमान् प्रधानमन्त्री सरिफले उक्त आरोपको खण्डन गर्दै आएका छन् । वर्तमान् सरकारले अर्को निर्वाचन सन् २०२३ मा तोकिएकै मितिमा हुने बताएको छ ।

खानले गत महिनाको अन्त्यतिर पूर्वी शहर लाहोरबाट इस्लामावादतर्फ विरोध प्रदर्शन शुरू गर्नुभएको थियो ।

विरोध अभियानका क्रममा केही हप्ता पहिले उहाँको गाडीलाई लक्षित गरी गोली चलाउँदा घाइते भएपछि खानले व्यक्तिगत रूपमा अभियानको नेतृत्व गर्न असमर्थ बन्नुभएको थियो  ।

उक्त आक्रमणमा खानका एक समर्थकको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । बन्दूकधारी आक्रमणकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार राति इस्लामावाद नजिकैको रावलपिण्डी शहरमा खान पुनः विरोध प्रदर्शनमा सामेल हुँदै बिधान सभाबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

उहाँले आफ्ना हजारौं समर्थकलाई आफ्नो तेहरीक–ए–इन्साफ पार्टीले सबै क्षेत्रीय र राष्ट्रिय सभाहरू छोडेर यो ‘भ्रष्ट प्रणाली’ नसच्चिँदासम्म यसबाट बाहिर निस्केको बताउनुभएको छ ।

उहाँको पार्टीका सांसदले गत अप्रिलमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुनुअघि नै सामूहिक रूपमा विधान सभाबाट राजीनामा दिएका थिए ।

खानको गढ खैबर पख्तुनख्वाको उत्तरपश्चिमी प्रान्तमा पर्छ र पञ्जाब विधानसभाबाट बाहिरिएपछि उहाँका प्रतिद्वन्द्वीहरूलाई सत्ता हस्तान्तरण हुनेछ ।

आफ्नो भाषणको अन्त्यतिर खानले मध्यावधि निर्वाचनको मागबाट पछि हट्दै आफ्नो पार्टीले नौ महिनापछिका लागि तय भएको निर्वाचन जित्ने बताउनुभएको छ । उहाँले अब राजधानीमा यसअघि घोषणा गरेको विरोध प्रदर्शन नगर्ने पनि बताउनुभएको छ ।

खानले भन्नुभयो, “सरकार इस्लामावादमा मार्चको सामना गर्न सक्दैन, सरकारले चाहेजति धेरै पुलिसलाई बोलाउन सक्छन्, तर उनीहरूले लाखौं आन्दोलनकारीलाई इस्लामाबादमा प्रवेश गर्नबाट रोक्न सक्दैनन् ।”

उहाँले थप्नुभयो, “यस परिस्थितिमा हामीले श्रीलङ्काजस्तो अवस्था सिर्जना गर्न सक्थ्यौं । मैले इस्लामावादमा मार्च नगर्ने निर्णय गरेको छु किनभने म देशमा अराजकता मौलाओस भन्ने चाहन्नँ । म यो देशलाई कुनै हानि गर्न चाहन्नँ ।”

आर्थिक सङ्कटका कारण खाद्यान्न र औषधिजस्ता अत्यावश्यक वस्तुको अभाव भएको भन्दै महिनौंदेखि जारी विरोध प्रदर्शनपछि जुलाईमा हजारौं श्रीलङ्कालीनागरिकले राष्ट्रपति निवासमा धावा बोलेर तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न र पछि राजीनामा दिन बाध्य पारेका थिए ।

खानले आफ्ना मुख्यमन्त्री र संसदीय दलसँग भेटघाट गर्ने र बाहिरिने समय घोषणा गर्ने बताउनु भएको छ ।

खानको कार्यकालमा देशको गुप्तचर एजेन्सी सञ्चालन गर्ने तर तत्कालीन प्रधानमन्त्रीबाट कुनै स्पष्टीकरण नदिई बर्खास्त गरिएका नयाँ सेना प्रमुख असिम मुनीरको नियुक्तिभएको केही दिनपछि शनिबार राति उक्त ¥याली निकालिएको हो ।

मुनीरले जनरल कमर जावेद बाजवाको स्थान लिनुभएको छ । बाजवालाई खानले आफुलाई हटाउन भूमिका खेलेको आरोप पनि लगाउनुभएको छ । बाजवाले भने पूर्व प्रधानमन्त्रीको उक्त आरोपको खण्डन गर्दै आउनुभएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार