असार २९, २०८२ आइतबार July 13, 2025

इरानका सर्वोच्च नेताकी भान्जीद्वारा तेहरानसँग सम्बन्ध तोड्न विश्व समुदायलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी भान्जी तथा प्रख्यात अधिकारबादी कार्यकर्ताले विदेशी सरकारहरूलाई तेहरानसँग सम्बन्ध तोड्न आह्वान गरेकी छिन् ।

सेप्टेम्बरमा प्रहरी हिरासतमा रहेकी युवतीको मृत्युपछि देशभर फैलिएको हिंसा नियन्त्रण गर्न सरकारले चरम दमन गरिरहेका बेला फरीदेह मोरादखानीले यस्तो आह्वान गरेकी हुन् । इन्जिनियरसमेत रहेकी मोरादखानीका दिवंगत बुबा एक प्रमुख प्रतिपक्षी व्यक्तित्व थिए ।

उनले अयातोल्लाह खामेनीकी बहिनीसँग विवाह गरेका थिए । मोरादखानीले आह्वान गरेको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएको छ । मानव अधिकार कार्यकर्ता न्युज एजेन्सी (एआरएएनए)ले उनलाई २३ नोभेम्बरमा गिरफ्तार भएको जनाएको थियो ।

‘स्वतन्त्र मानिसहरू, हामीसँग रहनुहोस् र आफ्नो सरकारहरूलाई तेहरानकाे यो हत्यारा शासनलाई समर्थन गर्न बन्द गर्न भन्नुहोस्’, मोरादखानीले भिडियोमा भनेकी छिन, ‘यो शासन आफ्नो कुनै पनि धार्मिक सिद्धान्तप्रति वफादार छैन । बल र शक्ति कायम राख्न बाहेक सरकारलाई कुनै नियम थाहा छैन ।’

सेप्टेम्बरको तेस्रो सातादेखि फैलिएको हिंसामा ४५० जना प्रदर्शनकारी मारिएको एआरएएनएले जनाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार