श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कतार विश्वकप : दक्षिण कोरिया घानासँग ३-२ गोलले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई घानाले पराजित गरेको छ । सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोलले पराजित गरेको हो ।

घानाका तर्फबाट मोहम्मद कुडुसले दुई गोल गरे भने मोहम्मद सालिसुले एक गोल गरे । दक्षिण कोरियाका तर्फबाट चो गुइ सुङले दुई गोल फर्काए ।

खेलको दोस्रो हाफमा दक्षिण कोरियाले दुई गोल फर्काउन सफल भएको थियो भने घानाले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो । खेलको दोस्रो हाफमा एक गोल गरेको थियो ।

खेलको २४औँ मिनेटमा घानाका मोहम्मद सालिसुले गोल गर्दै अग्रता बनाउन सफल भएको थियो । फेरि खेलको ३४औँ मिनेटमा मोहम्मद कुडुसले पुनः एक गोल गरे ।

खेलको दोस्रो हाफमा ५८औँ र ६१औँ मिनेटमा सुङले गोल गर्दै कडा प्रदर्शन गर्यो । तर, खेलको ६८औँ मिनेटमा कुडुसले पुनः गोल गरेपछि कोरिया एक गोलले पछि पर्यो । त्यसपछि घानाविरुद्ध पटकपटक गोलको प्रयास गरे पनि असफल नै रह्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार