श्रावण २, २०८२ शुक्रबार July 18, 2025

राष्ट्रिय क्रिकेट प्रतियोगिता – सुदूरपश्चिम विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगितामा लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि दुई सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नं १ १६.३ ओभरमा ५१ रनमा समेटियो । प्रदेश नं १ का भूपाल दङ्गालले ३२ बलमा १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरका हेमन्त धामीले  ५ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रनको योगदान दिए ।

मिलन बोहराले ६४ रन जोडे । दीपक बोहराले ३२, आकाश चन्दले २० तथा विशाल ऐरले १३ रन जोडे । प्रदेश नं १ का अभिनय राजवंशीले ४ विकेट लिए भने आषिश मगर र दीपेश कँडेलले समान २ विकेट लिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार