श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकपमा आज चार खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।

आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।

दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

फ्रान्सले तालिकामा २ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा पुगेको हो । त्यस्तै अष्ट्रेलियाको ३ अंक हुँदा डेनमार्क र ट्युनिसियाको समान एक–एक अंक छ ।

आज हुने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्डसँग खेल्नेछ । आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाबा छ । पोल्यान्डसँग अर्जेन्टिनाको बराबरी भएपनि प्रतियोगिताबाट बाहिरिने छ ।

यसै समयमा हुने अर्काे खेलमा साउदी अरब र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।

समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । समूह ‘सी’ मा पोल्यान्ड २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदी अरेयिबा समान ३–३ अंक जोडेर क्रमस दोस्रो र तेस्रो स्थानमा रहँदा मेक्सिको तालिकाको पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार