असार २९, २०८२ आइतबार July 13, 2025

दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि महाअभियोग लाग्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ‘फार्मगेट’ काण्डमा सम्भावित महाभियोगको चेतावनी सामना गरिरहेका छन् । राष्ट्रपतिलाई २०२० मा आफ्नो फार्ममा ४० लाख डलर लुकाएको आरोप लगाइएको छ । सोही विषयमा अपहरण र चोरहरूलाई घुस दिएको पनि उनीमाथि आरोप छ ।

रामाफोसाले पदको दुरुपयोग गरेको र भ्रष्टाचार विरोधी कानुन तोडेको हुनसक्ने स्वतन्त्र प्यानलको एउटा चुहावट भएको रिपोर्टले पत्ता लगाएको छ । उनले गल्तीलाई अस्वीकार गर्दै भैंसी बेचेर पैसा आएको बताएका छन् ।

प्यानलको निष्कर्षहरू संसदमा हस्तान्तरण गरिएको छ,। संसदले प्यानलको रिपोर्ट जाँच गर्न र अर्को हप्ता महाभियोग प्रक्रिया सुरु गर्ने वा नगर्ने निर्णय गर्न तय भएको छ ।
रामाफोसा सन् २०२४ मा आफ्नो पार्टी अफ्रिकन नेसनल कंग्रेस (एएनसी) बाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुन सक्छन् वा  सक्दैनन भन्ने निर्णय गर्ने सम्मेलन आउन एक महिनाभन्दा कम समय बाँकी छ।

एएनसीले बिहीबार आफ्नो कार्यकारिणीसँग बैठक गर्ने, जहाँ यो मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एएनसी कार्यकारिणीको आज बिहीबार हुने बैठकमा यस मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार