असार २९, २०८२ आइतबार July 13, 2025

गुजरातमा आज विधान सभा निर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । ‘म आज मतदान गर्ने सबैलाई विशेष गरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार