असार २९, २०८२ आइतबार July 13, 2025

विश्वकपमा अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीले गोली हानेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने  एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ ।

बीबीसी समाचार  अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए।

मंगलबार राति बन्दर अन्जालीमा कारको हर्न बजाएपछि मेहरान सामकको निधारमा गोली लागेको केही एक्टिभिस्टले बताएका छन् । अन्य सहरमा पनि भिडियोहरूमा भीड सडकमा नाचिरहेको देखाइएको छ।

धेरै इरानी नागरिकले कतारमा आफ्नो फुटबल टोलीलाई समर्थन गर्न अस्वीकार गरे। ती मानिसका अनुसार यो टोली इस्लामिक गणतन्त्र इरानको प्रतिनिधित्व गर्दैछ।

इरानको सरकारी मिडियाले टोलीमाथि अनावश्यक दबाब दिनुमा देशभित्र र बाहिरका विपक्षी शक्ति दोषी भएको बताइएको छ। समूह चरणको अन्तिम खेलमा इरानको टोली अमेरिकासँग पराजित भएको थियो ।

फुटबल खेलाडीहरूले पनि देशमा प्रदर्शनकारीलाई ऐक्यबद्धता जनाउन इंग्ल्याण्ड विरुद्धको उद्घाटन खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरे।

एक साताअघि महसा अमिनी नामकी २१ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा देशभर प्रदर्शन भइरहेको छ ।

युवतीले आफ्नो हिजाब राम्रोसँग नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो । तर, इरानी प्रशासनले अमिनीको हृदयघातका कारण मृत्यु भएको जनाएको छ । बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार