श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकप : समूह चरणका अन्तिम चार खेल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछन्। आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् ।

समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ। यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

आजको खेलपछि अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ। अहिलेसम्म १४ टोलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। समूह एदेखि समूह ईसम्मका विजेता र उपविजेताको छिनोफानो भइसकेको छ ।

यस्तै समूह जी बाट ब्राजिल तथा समूह एचबाट पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन्। अब आजको खेलपछि अन्तिम दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् र अन्तिम १६ को समीकरण पनि पूरा हुनेछ। अहिलेसम्म सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको छ ।

जसमा युरोपबाट सबैभन्दा धेरै ७ टिम छन्। यस्तै अफ्रिकाबाट मोरक्को र सेनेगल, दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना, एसियाबाट अष्ट्रेलिया र जापान अनि उत्तर अमेरिकाबाट अमेरिकाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार