मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

ब्राजिलको अमेजन वन फँडानी दरमा ११ प्रतिशतले कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः ब्राजिलको अमेजनमा सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्मको अवधिमा वन फँडानी दर ११.२७ प्रतिशतले घटेको छ ।

नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्च (इन्पे) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो ।

वन फँडानी नियन्त्रणका लागि काम गरिरहेको ‘रिमोट सेन्सिङ’ परियोजना प्रोडेसले जारी गरेको वार्षिक प्रतिवेदनमा यो तथ्याङ्क संकलन गरिएको हो । यसलाई वन विनाश मापनका लागि सबैभन्दा सही संयन्त्र मानिन्छ ।

अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च विन्दुमा पुगेको थियो । यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएको छ ।

यो अवधिमा सन् २०१२ मा चार हजार ५०० वर्ग किलोमिटर वन फँडानी भएको थियो भनेसन् २०१५ देखि वन फँडानी दरमा तीव्र बनेको थियो ।

ब्राजिल सरकारले सन् २०३० सम्ममा अवैध वन फँडानी अन्त्य गर्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका पछिल्ला संस्करणमा स्थापित लक्ष्यप्रति प्रतिबद्ध रहेको बताएको छ ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल
२०८३ मंग्सिर ४, शुक्रबार
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार