काठमाण्डौंः रुससंगको युद्धका क्रममा आफ्ना १३ हजार सैनिकको मृत्यु भएको युक्रेनले जनाएको छ । युक्रेनमा १० हजार देखी १३ हजारको संख्यामा सैनिकको मृत्यु भएको राष्ट्रपति भ्लोदोमिर जेलेन्सीका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
रुससंग युद्धकै क्रममा रहेकाले हताहतीको यकिन संख्या अझै पत्ता लाग्न नसकेको पोदोल्याकको भनाई छ । यद्यपी मुत्यु भएकाको संख्याबारे युक्रेनी सेनाले आधिकारीक रुपमा स्विकार गरेको छैन । गत जुनमा दैनिक १ सय देखी २ सयको संख्यामा युक्रेनी सेनाको मृत्यु भैरहेको राष्ट्रपति कार्यलयले बताएको थियो ।
अमेरिकि एक उच्च सैनिक अधिकारीले भने रुसले युक्रेन माथि हस्तक्षेप सुरु गरेयता, मस्कोतर्फ १ लाख बढि र कीभ तर्फ सोही संख्यामा सेना मारिएको दाबी गरेका थिए ।
युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन देर लेयेनले पनि युद्धका क्रममा १ लाख युक्रेनी सेनाले ज्यान गुमाएको अभिव्यक्ती दिनुभएको थियो । यद्यपी इयुले लेयेनको सो आंकडालाई सच्चाउंदै घाइते र मृत्यु हुनेको संख्या अझै बढी भएको बताएको थियो । युक्रेनले रुसतर्फ १ लाख सेना मारिएको दावी गरेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया