श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्व कप : क्यामरुनसँग ब्राजिल १-० गोलले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै : फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह ‘जी’ अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।

कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।

क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जाेडेकाे ब्राजिल समूहको  शीर्ष स्थानमा रहेको छ ।

यस्तै, गएराति भएकाे खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेकाे छ । पराजित घाना समूह चरणबाट बाहिरिएकाे छ । उसले ३ खेलमा ३ अङ्क जोडेकाे थियाे। उरुग्वे समूह ‘एच’ काे तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेकाे उरुग्वे समान अङ्क जोडे पनि बाहिरिएको हो ।

यस्तै, गएराति भएकाे अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएकाे छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेकाे स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेकाे छ । जितसँगै स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार