असोज १५, २०८३ बिहिबार October 1, 2026

आज देखि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि कोरोना भाइरसको परीक्षण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आज (सोमबार) देखि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि कोरोना भाइरसको परीक्षण सुरु हुँदै छ।

हेटौँडास्थित किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालामा कोरोना परीक्षण सुरु गर्न लागिएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिएका छन।

कोरोना परीक्षणको लागि केन्द्रलाई व्यवस्थित बनाइएको छ।

केन्द्रमै शंकास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने मन्त्री दुलालले जानकारी दिएका छन।

प्रदेश का २ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको हो।

सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३ सय आइसोलेसन कक्ष निर्माण गरिसकेको मन्त्री दुलालले बताएका छन।

‘सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिसकेका छौँ,’ मन्त्री दुलालले भने।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार भइसकेका उनले बताएका छन।

नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ।

मकवानपुरमा सघन उपचारकक्षसहित ३५ शय्याको आइसोलेसन तयार भइसकेको छ भने ७० शय्या तयार हुँदै छ।

मन्त्री दुलालका अनुसार सिन्धुलीमा पाँच शय्या तयार भइसकेको र पाँच तयार हुँदै छ। रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० शय्याको आइसोलेसन तयार भएको छ।

त्यसैगरी दोलखामा १७, सिन्धुपाल्चोकमा १७, भक्तपुरमा २१, काभ्रेमा २० शय्याको आइसोलेशन तयार गरिएको छ।

प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै प्रदेशस्तरीय र्‍यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको मन्त्री दुलालले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार