असार २९, २०८२ आइतबार July 13, 2025

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार  समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।  संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो ।

उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।

बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय विताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् । विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार