असार २९, २०८२ आइतबार July 13, 2025

युरोपियन युनियनद्वारा मूल्यवृद्धि रोक्न रूसी कच्चा तेलको मूल्य घटाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युरोपियन युनियन (इयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको छ । कच्चा तेलको बिक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सोही सम्झौता गरेको जनाएको हाे।

रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको इयूले पटक-पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दवाव दिएको इयूमा आवद्ध सदस्य राष्ट्रहरुले जनाएका छन् ।

युक्रेनलाई अझै केही समय मानवीय सहायताको आवश्यक रहेकाले त्यसकाे परिपूर्तिका लागि पनि तेलको मूल्य घटाइएको कतिपयले विश्लेषण गरेका छन् ।

इयूको सोही निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरे लगत्तै लागू हुने छ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ । जसले मूल्यवृद्धि रोक्न तेलको विश्वव्यापी बजारलाई पुनः व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएकाे छ ।

सोही सम्झौता तत्काल लागू हुने अधिकारीहरुले बताएका छन् । सम्झौतासँगै सदस्य राष्ट्रहरुले मात्र तोकिएको मूल्यमा कच्चा तेल खरिद गर्न पाउने छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार