श्रावण ७, २०८२ बुधबार July 23, 2025

शिवम् सिमेन्टको अफर : २० बोरा शिवम् सिमेन्टको खरिदमा सुनको सिक्री उपहार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ओपीसी सिमेन्ट उत्पादक कम्पनी शिवम्‌ले ‘शिवम्‌सँग उपहार टन्न’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने छन् ।

उक्त कुपन स्क्र्याच गरी २ सय रुपैयाँदेखि ५ सयसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

‘सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउनेछन्’ कम्पनीले भनेको छ ‘हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पााचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत प्रदान गरिनेछ ।’

अन्तिम महिनामा प्राप्त कुपनहरु मासिक लक्की ड्रमा समावेस नभई मेगा लक्की ड्रमा मात्र समावेश गरिने कम्पनीले जनाएको छ । ‘मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन्’ कम्पनीले भनेको छ । कम्पनीका अनुसार उपहार योजना मंसिर १८ देखि नेपालभर लागू गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल
२०८२ श्रावण ७, बुधबार
विद्या भण्डारीको सदस्यता नवीकरण प्रक्रिया निष्क्रिय भइसक्यो : महासचिव शंकर पोखरेल
२०८२ श्रावण ७, बुधबार
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार