असार २९, २०८२ आइतबार July 13, 2025

आफूविरुद्धको महाभियोग प्रस्ताव ‘राजनीतिक खेलको हिस्सा’ भएको पेरुका राष्ट्रपतिको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेरुका राष्ट्रपति पेड्रो क्यास्टिलोले विपक्षी नेतृत्वको काङ्ग्रेस (संसद)ले पारित गरेको महाभियोग प्रस्ताव आफूविरुद्धको ‘राजनीतिक खेलको हिस्सा’ भएको बताउनुभएको छ ।

पेरूको काजामार्काको उत्तरी क्षेत्रमा मतदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका समय राष्ट्रपति क्यास्टिलोले उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले त्यहीँबाट दक्षिण अमेरिकी राष्ट्र पेरूको नौ क्षेत्रमा भइरहेको दोस्रो चरणको चुनावमा आइतबार मतदान गर्नुभएको थियो ।

क्यास्टिलोले प्रस्तावका बावजुद आफ्नो सरकार ‘बहुसंख्यक नागरिकले गठन गरेको’ र ‘जनचाहनाको रक्षा’ गर्न आवश्यक रहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

उहाँले आफ्नो सरकार ‘संवादमा संलग्न हुन, संस्थाहरूको सम्मान गर्दै लोकतान्त्रिक तरिकाले अघिबढ्न’ इच्छुक रहेको पनि बताउनुभयो ।

पेरुका राष्ट्रपतिले संसदको पूर्ण अधिवेशनमा सहभागी हुने वा नहुनेबारे पुष्टि गर्नुभएको छैन ।

क्यास्टिलोका वकिल बेन्जी एस्पिनोजाले शनिबार पेरुका राष्ट्रपतिको बहसमा उपस्थिति हुने वा नहुने अझै पुष्टि नभएको तर ‘स्थायी नैतिक अक्षमता’ को कारण महाभियोग प्रस्ताव अघि बढाउन खोजिएको र यो ‘धेरै खुला र अमूर्त’ भएको बताउनु भएको छ ।

पेरुको काङ्ग्रेसले ७३ का विरूद्ध ३२ मतको आधारमा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

यहाँको संसदले राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव पारित गर्नका लागि ८७ मतको आवश्यकता हुने संवैधानिक प्रावधान रहेको छ ।-रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार