वैशाख २५, २०८१ मंगलबार May 7, 2024

युक्रेनमा मिसाइल आक्रमणबाट दुई जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनमा मिसाइल आक्रमणबाट २ जनाको मृत्यु भएको छ । उक्त मिसाइल आक्मण रुसले गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

मिसाइल आक्रमणबाट दक्षिणी जापोरिजिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको हो । साथै मिसाइलबाट युक्रेनका ऊर्जा क्षेत्रमा क्षति हुँदा धेरै क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

आक्रमणपछि सार्वजनिक भएका केही तस्वीरहरुमा जाडोबाट जोगिन न्याना कपडा लगाएका मानिसहरु भूमिगत रेल स्टेशनहरुमा शरण लिएर बसेको देखिन्छ । यतिबेला त्यहाँको तापक्रम माइनस ५ डिग्री सेल्सियस छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एयर डिफेन्स फोर्सले केही रुसी मिसाइललाई असफल पारेको बताएका छन् । साथै उनले बिजुली आपूर्ति सुरु गराउने काम भइरहेको जानकारी पनि दिएका छन् ।

रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि युक्रेनमाथि मिसाइल आक्रमण भएको हो । यद्यपि यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया