असार २९, २०८२ आइतबार July 13, 2025

कोलम्बिया पहिरो : तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ ।

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।

Three children killed after Colombia landslide buries school – officials |  Inquirer News

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ ।

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिनुभएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार