श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लमजुङमा १२ पुसदेखि ३०औं त्रिवेणी कप सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको  हो ।

लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ ।

जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको र त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।

लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपुर, काठमाडौँ लगायतका जिल्लाहरूबाट फुटबल खेल्नलाई खेलाडीहरू वर्षेनी आउने गरेको क्लबले जनाएको छ ।

त्रिवेणी कपको विजेतालाई नगद पाँच लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद तीन लाख रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । ।

त्यस्तै, सेमिफाइनलका उपविजेता दुवै टिमलाई ५०/५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार त्रिवेणी कप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५/१५ हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ ।

प्रतियोगिता सञ्चालन गर्नका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक त्रिवेणी क्लबले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार