असार २९, २०८२ आइतबार July 13, 2025

विधान सभा निर्वाचन : गुजरातमा भाजपा १५२ स्थानमा अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।

भाजपाको यस पहिले सन् २००२ मा १२७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) सरकारले विधानसभामा हासिल गरेको १४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने देखिएको छ ।

यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो ।

गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको छ ।

गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार मतगणनाका लागि १८२ पर्यवेक्षक, १८२ निर्वाचन अधिकृत र ४९४ सहायक निर्वाचन अधिकृत सेवामा खटिएका छन् । मतगणनाका लागि थप ७८ जना सहायक निर्वाचन अधिकृत रहेका छन् ।

गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो । गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो । डिसेम्बर १ मा भएको पहिलो चरणको मतदानमा गुजरातमा ६३.१४ प्रतिशत मतदान भएको थियो ।

गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ र प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गर्नुभएको थियो । सन् २०१७ को विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो ।

यसैबीच, भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई) बीचको कडा प्रतिस्पर्धामा हिमाचल प्रदेशमा दुवैले समान ३२ सिटमा अग्रता लिएको देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो ।

भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब १५ हजार मतका साथ अग्रस्थानमा रहनुभएको छ । उहाँले १४ हजार ९२१ मतका साथ अग्रता कायम गर्दा कांग्रेसका उम्मेदवार चेतराम चार हजार ३५१ मतले पछि पर्नुभएको छ । सिमला ग्रामीणबाट कांग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल सात हजार २३३ मतका साथ अगाडि रहनुभएको छ ।

हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाचल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।

भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेको र कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेखित ‘१० सुनिश्चितता’ लाई समर्थन गरेपछि पहाडी राज्यमा तीव्र अभियान चलेको थियो । राज्यको तेस्रो ठूलो राजनीतिक शक्तिको रूपमा आम आदमी पार्टीको उदयले चुनावी लडाइँलाई तीव्र बनाएको छ ।

यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि चुनावी मैदानमा छन् ।

विगत केही वर्षदेखि सरकार परिवर्तन गर्ने परम्परा रहेको यस राज्यमा मतगणना जारी रहँदा भाजपा र काङ्ग्रेस दुवैले विजय हासिल गरेको दाबी गर्दै आएका छन् । यदि भाजपाले जित्यो भने उसले सत्ताविरोधी लहरलाई परास्त गर्नेछ र राज्यमा वैकल्पिक सरकारको प्रवृत्तिमा परिवर्तन ल्याउनेछ । यहाँ सन् २०१७ को विधानसभा निर्वाचनमा भाजपाले ४४ सिट जितेको थियो भने काङ्ग्रेसले २१ सिट जितेको थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार