श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कमजोर ब्याटिङ का कारण नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग लज्जासपद हार खेपेको छ ।

जारी लिगमा नेपाल जितविहन बन्यो । युनाईटेड क्रिकेट ग्राउन्ड विन्ढोकमा बिहीबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भयो । नेपालले दिएको एक सय २० रनको लक्ष्य स्कटल्यान्डले १७ ओभरमा दुई विकेटको क्षतिमा एक सय २१ रन जोड्दै पूरा गरेको हो ।

स्कटल्यान्डको जितमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाउनुभयो । जर्ज मुन्सिले ४५, कायल कोट्जरले १६ र कप्तान रिचि बेरिङ्टनले अविजित १२ रन बनाउनुभयो । बलिङमा नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३५.३ ओभरमा सवै विकेटको क्षतिमा एक सय १९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाउनुभयो । सोमपाल कामीले १६, दीपेन्द्रसिंह ऐरीले १४ र ललितनारायण राजवंशीले ११ रन बनाउनुभयो । नेपालका अन्य ब्याट्सम्यानले दोहारो अंकको रन जोड्न सक्नुभएन ।

बलिङमा स्कटल्यान्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले दुई दुई विकेट लिनुभयो । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले एक एक विकेट झार्नुभयो । जितसँगै शीर्षस्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ४६ अंक बनाएको छ । २४ खेल सकेको नेपाल १८ अंक सहित छैटौं स्थानमा छ ।

लगातार खराव नतिजाले नेपालको विश्वकप छनोट सम्भावना कमजोर बनेको छ । लिग–२ मा सहभागी सात टोलीले एक आपसमा ३६ खेल खेलेपछि शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । नेपाललाई अन्तिम पाँचमा रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न पनि अबका खेल जित्नुपर्ने बाध्यता हुन्छ ।

यस सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपाल र नामिबियाले एक एक अंक बाँडेका थिए । त्यसपछि नेपाल दोस्रो खेलमा स्टकल्यान्डसँग तीन विकेटल पराजित भयो । बुधबार भएको तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग ८६ रनले पराजित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार