असार २९, २०८२ आइतबार July 13, 2025

इरान रुसको शीर्ष सैन्य सहयोगीः अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रूस र इरानको सम्बन्ध पूर्णविकसित रक्षा साझेदारीमा गाढा भएको अमेरिकाले बताएको छ । रुसले अभूतपूर्व तहको सैन्य सहयोग गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए । अमेरिकाले दुई देशले घातक ड्रोनको संयुक्त उत्पादनबारे सोचिरहेको विवरण देखेको देखेको उनले दाबी गरे ।

रुस र इरानबीचको सहकार्य हालै प्रकाश पारिएको छ । युक्रेनले रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आरोप लगाएको छ । इरानले सुरुमा रुसलाई कुनै पनि ड्रोन पठाएको अस्वीकार गरे पनि उसले युक्रेनमा आक्रमण गर्नुअघि केही आपूर्ति गरेको पछि खुलासा गरेको थियो ।

किर्बीले इरान र रुसबीच ड्रोन उत्पादन गर्ने साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि हानिकारक हुने बताए ।  अमेरिकाले इरानलाई हेलिकप्टर र हवाई रक्षा प्रणाली लगायतका “उन्नत सैन्य कम्पोनेन्टहरू“ उपलब्ध गराउन चाहेको भन्दै उनले भने, “रुसले इरानसँग हतियार विकास, तालिम जस्ता क्षेत्रमा सहकार्य गर्न खोजिरहेको छ ।“ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार