असार २९, २०८२ आइतबार July 13, 2025

कंगोमा विद्रोहीको हमलामा १३१ सर्वसाधारण मारिएः राष्ट्रसंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक दुई गाउँमा नरसंहार भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।

सो आक्रमण विद्रोहीहरूमाथि वर्तमान सरकारले गरेको आक्रमणको बदला भएको राष्ट्रसंघीय अनुसन्धानले जनाएको छ । एम २३ ले नरसंहार अस्वीकार गरेको गरेको छ । तर देशमा रहेको संयुक्त राष्ट्रसंघको मोनुस्को शान्ति मिसनले १०२ पुरुष, १७ महिला र १२ बालबालिकालाई विद्रोही समूहले ‘नागरिक जनसंख्याविरुद्धको प्रतिशोधको अंशको रूपमा’ ‘मनमानी रूपमा मृत्युदण्ड’ दिएको जनाएको छ ।

कम्तिमा २२ महिला र पाँच बालिका पनि बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ ।यो हिंसा एफडीएलआरलगायत एम २३ र अन्य सशस्त्र समूहहरू बीचको झडपको बदलास्वरूप रुट्सुर क्षेत्रका दुई गाउँहरू विरुद्ध हत्या, बलात्कार, अपहरण र लुटपाटको अभियानको एक भागको रूपमा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार