असार २९, २०८२ आइतबार July 13, 2025

बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई किन सुनाइयो ८ महिना जेल सजाय ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जेल सजाय सुनाएको छ । सन् २०१९ को अगस्टमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु भएको थियो । १९ वर्षीय ह्यारी डनको मोटरसाइकललाई सकुलासको कारले ठक्कर दिए पछि डनको मृत्यु भयो ।

उनी संयुक्त राज्यबाट एक लिङ्क मार्फत सुनुवाईको लागि उपस्थित भएकी थिइन । यसैबीच, देशको हितलाई जोखिममा पार्न सक्ने भन्दै आफूलाई अमेरिकी सरकारले व्यक्तिगत रूपमा सुनुवाइमा उपस्थित नहुन सल्लाह दिएको साकुलासका वकिलले अदालतलाई बताएकी छिन् ।

न्यायाधीश बुबी चीमा–ग्रबले अदालतमा उनका वकिलहरूको बयान पढेर सुनाइन् । यसमा भनिएको छ, ‘अमेरिकी सरकारले श्रीमती साकुलासलाई यस सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुन कुनै पनि हिसाबले समर्थन गर्दैन । वास्तवमा, श्रीमती सकुलासको अमेरिकी सरकारी नियोक्ताले उनलाई उपस्थित नहुन सल्लाह दिएका छन् ।’

किशोरीको मोटरसाइकललाई उनको कारले ठक्कर दिँदा सकुलासले सडकको गलत साइडबाट गाडी चलाएको स्वीकार गरे। उनले गलत साइडमा गाडी चलाएको अभियोजकले बताए ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार