असार २९, २०८२ आइतबार July 13, 2025

इरानमा हिजाब विरोधी प्रदर्शनः तेहरानले बोलायो बेलायत र जर्मन राजदूत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानले शनिबार फेरि तेहरानस्थित बेलायती राजदूतलाई बोलाएको छ । देशव्यापी विरोध प्रदर्शनले तरंग उत्पन्न गरिरहेका बेला सरकारले तीन महिनाभन्दा कमको अवधिमा १५औँ पटक विदेशी राजदूतलाई बोलाएको हो ।

विदेश मन्त्रालयले जर्मन राजदूत हान्स युडो मजेललाई बोलाएको एकदिनपछि बेलायती राजदूत साइमन शेरक्लिफलाई बोलाएको राज्य समाचार एजेन्सी आइआरएनएले जनाएको छ ।

Iran summons British ambassador over 'interventionist comments:' Report |  Al Arabiya English

फाइल तश्वीर

१० साताको अवधिमा १५ पटक पश्चिमेली राजदूतहरुलाई बोलाइएको छ । ‘यो इरानविरुद्ध अभूतपूर्व दबाबको लागि इरानी कूटनीतिको जबाफ हो’ आइआरएनएले भन्यो । २२ वर्षीया कुर्द–इरानी महिला महसा अमिनीको मृत्यसँगै सुरु भएको प्रदर्शनपछि शरक्लिफलाई  पाँच पटक बोलाइएको छ ।

हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा अमिनीलाई नैतिकतासम्बन्धी प्रहरीले थुनामा राखेको थियो । उनको १६ सेप्टेम्बरमा हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि तेहरानभर हिजाबविरोधी प्रदर्शन हुँदै आएको छ । इरानले प्रदर्शनलाई दंगा भन्दै प्रदर्शनकारीलाई विदेशी ‘शत्रु’ले उत्प्रेरित गरेको आरोप लगाएको छ । प्रदर्शनमा सहभागीमध्ये हजारौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये दर्जनौँलाई मुद्दा चलाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार