श्रावण ३, २०८२ शनिबार July 19, 2025

पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता, एम्सको सदस्य बन्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पोखरा म्याराथनले अन्तर्राष्ट्रियता मान्यता पाएको छ । नेपालकै जेठो दावी गरिएको उक्त म्याराथनले विश्वभरका म्याराथनको छाता संस्था एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को सदस्यता पाएको हो । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ ।

१७ औं संस्करणको म्याराथन आगामी फागुन ६ गते हुँदै छ । केही समयअघि पोखरा म्याराथनको दौड रुटले पनि अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । सदस्यता प्राप्त गरेसँगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिएका छन् ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले एम्सको सदस्य बन्न पाउँदा खुशी लागेको बताए । ‘हामी सबैका लागि यो खुशीको खबर हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीका लागि गौरवको विषय हो,’ उनले भने । उक्त म्याराथनले पोखराका १७ वटा वडालाई छोएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया