श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरिया र युएई यू-१८ रग्बी च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालले पहिलोपटक आयोजना गरेको यू-१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले युएईलाई २१-१७ स्कोरले पराजित गर्दै पहिलो भएको हो । त्यसअघि भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९-७ तथा युएईले भारतलाई ३६-० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।

पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेईले थाइल्यान्डलाई १९-० ले पन्छाउँदै पहिलो भयो । ताइपेईले नेपाललाई ३४-७ तथा थाइल्यान्डले बङ्गलादेशलाई ५३-० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।

विभिन्न आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रह्यो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बङ्गलादेशमाथि ६९-० को सहज जित दर्ता गर्‍यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउँदै तेस्रो भयो ।

महिलामा नेपालसहित पाँच राष्ट्र सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाई, नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार