काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् । दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको हो।
लकडाउनको समय बढाउने–नबढाउने विषयमा छलफल हुनेछ। यस्तै सेनालाई मेडिकल सामग्री खरिदका सम्बन्धमा पनि छलफल हुन सक्ने एक मन्त्रीले बताएका छन।
मन्त्रीपरिषद बैठकअघि केन्द्रीय कोभिड- १९ रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्ने बारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया