असार २९, २०८२ आइतबार July 13, 2025

इरानमा हिजारबविरोधी प्रदर्शनमा उत्रिएका ४०० जनालाई २ देखि १० वर्षसम्म जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तेहरान र वरपरका अदालतहरूले हिजाब र सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित घटनामा कम्तीमा ४०० जनालाई १० वर्षसम्मको जेल सजाय तोकेका तेहरान प्रान्तका न्यायपालिका प्रमुख अली अलघासी–मेहरले बताएका छन् ।

न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले अल्घासी–मेहरलाई उद्धृत गर्दै भनेको छ, ‘एक सय ६० जनालाई पाँचदेखि १० वर्षसम्म जेल, ८० जनालाई दुईदेखि पाँच वर्ष र १६० जनालाई दुई वर्षसम्मको जेल सजाय सुनाइएको छ । ’

देशको ३१ प्रान्त मध्ये तेहरान एक मात्र भएकोले जेल सजायको कुल संख्या धेरै बढी हुनसक्छ । २२ वर्षीया महसा अमिनीको नैतिकता प्रहरीले पक्राउ गरेपछि भड्किएको विरोध प्रदर्शनमा सेप्टेम्बरको मध्यदेखि हालसम्म देशभर १४ हजारभन्दा बढीलाई पक्राउ गरिएको संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको अनुमान छ ।

प्रहरी हिरासतमा अमिनीको मृत्युले आन्दोलनलाई उत्प्रेरित गरे पनि उनीहरू अभूतपूर्व नागरिक विद्रोहमा परिणत भएका छन् । इरानीहरूले दशकौंदेखि चलिरहेको दमन, धर्मको नाममा दुस्साहस र अन्तर्राष्ट्रिय एक्लोपनप्रति आक्रोश व्यक्त गरिरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया