असार २९, २०८२ आइतबार July 13, 2025

उत्तरले फेरि परमाणु हतियार परीक्षण गर्न सक्छः दक्षिण कोरिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले आगामी दिनमा परमाणु हतियारको परीक्षण गर्न सक्ने दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सुले बताएका छन् । उत्तरले कहिलेसम्म त्यस्तो परीक्षण गर्छ भन्ने बारेमा भन उनले विवरण दिएनन् । ‘आणविक परीक्षण कहिले हुन सक्छ भनेर ठ्याक्कै थाहा पाउन गाह्रो छ’, उनको भनाइ उद्धृत गर्दै स्काइ समाचार संस्थाले जनाएको छ ।

उत्तरले यस वर्ष अन्तर महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)सहित ठूलो  संख्यामा मिसाइलहरू प्रहार गरेको छ । सन् २०११ मा किम जोङ उनले सत्ता ग्रहण गरेपछि यो संख्या सबैभन्दा बढी हो ।

गत महिना किमले उत्तर कोरियाको अन्तिम लक्ष्य विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति प्राप्त गर्ने भएको बताएका थिए ।  उनले अप्रत्यक्ष रुपमा परमाणु शक्तिले राज्य र जनताको गरिमा र सार्वभौमसत्ताको रक्षा गर्ने बताएका थिए ।

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि प्रतिबन्ध लगाएको छ । उत्तरले आफूमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनु पर्ने भन्दै परीक्षणलाई झनै तीब्र पार्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया