श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मेयर कपको उपाधि रत्ननगरलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर नगरपालिकाले उपाधि जितेको हो ।

उपाधिसँगै रत्ननगरले एक लाख एक हजार ११ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको माडी नगरपालिकाले रु ५५ हजार पाँच सय ५५ पुरस्कार पाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटा, उपमेयर यादवप्रसाद पाठक र खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीले पुरस्कारले विजयी टिमलाई शिल्ड तथा मेडल प्रदान गरे।

रत्ननगरलाई उपाधि जिताउन कुशल श्रेष्ठले एक गोल गरेका थिए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्नुभएका श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले रु दुई हजार पाँच सय नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा जिल्लाका सात पालिकाका सात टिमको सहभागिता रहेको खेलकुद विकास समितिका सदस्य सौगात भुजेलले जानकारी दिए ।

समापन कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठ, लेखनाथ घिमिरे, ललित थापा तथा बङ्गलादेशमा उत्कृष्ट खेल प्रदर्शन गरेका रत्ननगरका खेलाडी सुजता तामाङ र सुशीला केसीलाई सम्मान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार