श्रावण २, २०८२ शुक्रबार July 18, 2025

फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्वकप फुटबल २०२२ अन्तर्गतको फाइनल खेल आज फ्रान्स र अर्जेन्टिनाका बीच हुँदै छ । फाइनल खेल आज राती नेपाली समय अनुसार ८ः४५ बजे कतारको लुजेल आइकोनिक रंगशालामा हुनेछ ।

फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । फ्रान्स र अर्जेन्टिना दुवैले यस अघि दुई पटक विश्वकप फुटबलको उपाधि जितिसकेका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप उपाधि जितेको छ ।

यसै गरी विश्वकप फुटबल अन्तर्गतको तोस्रो उपाधिका लागि हिजो भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको छ । विश्वकप फुटबलको फाइनलसँगै आज साँझ विश्वकप फुटबल २०२२ को समापन समारोह हुँदैछ ।

१५ मिनेट लामो समापन समारोहले विश्वकपमा गीत,सङ्गीत र खेलले कसरी विभिन्न देश,संस्कृति र भाषा भएका मानिसलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा देखाइने फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व प्रख्यात गायक र सङ्गीतकारहरूले आज हुने समापन समारोहमा प्रस्तुती दिंदैछन् ।

विश्वकपकै फाइनलको दिन आज आयोजक राष्ट्र कतारले आफ्नो राष्ट्रिय दिवश मनाउँदै छ । कतारको राष्ट्रिय दिवसमा आज त्यहाँका अमिर शेख तमिम विङ अल थानीको नेतृत्वमा  विश्वकपसँगै अन्य कार्यक्रम हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार