असार २९, २०८२ आइतबार July 13, 2025

बग्दादमा आइएसको हमलामा ९ सुरक्षाकर्मी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ । राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक सहर नजिकै आइतबार उक्त आक्रमण भएको हो ।

चालाल अल–मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दाद नजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया