असार २९, २०८२ आइतबार July 13, 2025

प्रहरी चौकीमा आक्रमण गरी चार प्रहरीको हत्या, केही घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा  कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।

दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लन्चरलगायत घातक हतियार बोकेका अतिवादीले  आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरु घटनास्थलबाट भागेका थिए ।

संदिग्धहरुको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै  प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया