असार २७, २०८२ शुक्रबार July 11, 2025

वैशाख ३ गतेसम्म थपियो लकडाउन अवधि, महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले लकडाउनको अवधि थप ८ दिन लम्ब्याई वैशाख तीन गतेसम्म गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

दोस्रो पटक थपिएको लकडाउनको समयअवधि मंगलबार मध्यरातसम्म थियो। चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै आएको हो।

यस्तै बैठकले महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको पनि एक मन्त्रीले बताएका छन। अर्थमन्त्री युवराज खतिवडाको संयोजनमा गठित समितिले बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्वडेपुटी गभर्नर एवं लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र पूर्वसचिव राजन खनाललाई सिफारिस गरेको थियो।

उनीहरुमध्ये महाप्रसाद अधिकारीलाई गर्भनरमा नियुक्त गर्ने निर्णय गरिएको हो।

बैठकले कोभडि-१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य स्वय्मसेबिकलाई खटाउने, उनीहरुलाई सहजिकरण गर्ने र त्यसका लागि प्रत्येक दिन १५ सय रुपैयाँ दिने निर्णय पनि गरेको छ।

यस्तै निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवासुविधा उनीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले संसदका दुबै सदन तत्काललाई बन्द गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार